नियम २१४
जिन्सी निरीक्षण गर्ने
(१) स्थानीय निकायले यस नियमावली बमोजिम लगत खडा गरी राखेको जिन्सी मालसामान के कस्तो अवस्थामा छ, अधिकार प्राप्त अधिकारीले एक वर्षमा कम्तीमा एक पटक स्वयम् वा मालसामान जिम्मा लिने कर्मचारी बाहेक अन्य छुट्टै कर्मचारी वा प्राविधिकद्वारा निरीक्षण गरी वा गर्न लगाई त्यसको प्रतिवेदन लिखित रुपमा लिई राख्ने व्यवस्था गर्नु पर्नेछ । यसरी निरीक्षण प्रतिवेदन प्राप्त भएपछि आम्दानी बा“ध्न छूट भएको कुनै मालसामान भेटिएमा मूल्य र विवरण खुलाई आम्दानी बा“ध्न लगाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा देहायका कुरा खुलेको हुनु पर्नेछ ः–
(क) जिन्सी किताबमा आम्दानी नबा“धिएका जिन्सी मालसामान भए के कति र कस्तो अवस्थामा छन्,
(ख) मालसामानको संरक्षण र सम्भार राम्रोस्रंग भएको छ वा छैन,
(ग) के कति जिन्सी मालसामान मर्मत गर्नु पर्ने अवस्थामा छन्,
(घ) के कति जिन्सी मालसामान बेकम्मा भई लिलाम बिक्री वा मिन्हा गर्नु पर्नेछन्,
(ङ) जिन्सी मालसामानको प्रयोग भए वा नभएको, हानी नोक्सानी भए वा नभएको र भएमा कस्को लापरवाहीबाट भएको हो सो कुरा,
(च) एकै किसिमको सामान मध्ये गत वर्ष उपयोग भएको परिमाण र चालू आर्थिक वर्षमा खरिद गरिएको परिमाणको तुलनात्मक विवरण,
(छ) महालेखा नियन्त्रक कार्यालय र मन्त्रालयले तोकिदिएका अन्य कुरा ।
(३) उपनियम (१) बमोजिम निरीक्षण प्रतिवेदन प्राप्त भएपछि अधिकार प्राप्त अधिकारीले लिलाम गर्नु पर्ने मालसामान छ महिनाभित्र र मर्मत सम्भार गर्नु पर्ने भए सोको लागि बजेटको व्यवस्था गरी तीन महिनाभित्र गरिसक्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिमको प्रतिवेदनमध्ये स्थानीय निकायको स्वामित्वमा रहेको जग्गा जमीन, पुरातात्विक वा ऐतिहासिक महत्वको स्थलको विवरण वार्षिक रुपमा सम्बन्धित मन्त्रालय र स्थानीय विकास मन्त्रालयमा पेश गर्नु पर्नेछ ।